काठमाण्डौ ।। होलिस्टिक हर्ब्सले आर्थिक वर्ष २०८१/२०८२ को उपलक्ष्यमा आफ्नो व्यापार व्यवसाय वृद्धि गर्न आफ्ना ग्राहकहरुको माग अनुरुप थप ३ वटा उत्पादन बढाएको छ । २०८१ साल साउन महिनाको ८ गते मंगलबारको दिन पारेर होलिस्टिक हर्ब्सले आफ्ना आधिकारिक डिलर तथा ग्राहकहरुलाई निमन्त्रणा दिई शुभकामना आदानप्रदान सहित उक्त थप उत्पादनहरु सार्बजनिक गरेको हो । तत्कालिन माननिय लिला सुब्बा तथा वर्तमान माननीय खेमा देवी बिस्टको हातबाट सोर्सुप लाई सार्बजनिक गरिएको थियो । थप गरिएको उत्पादनहरुबाट होलिस्टिक अझ अघि बढ्ने र ग्राहकहरुमा अब अझ विकल्पहरु बढेको अनुभूति भएको बताउनुहुन्छ कम्पनीका एम.डी. सम्झना सुब्बा ।
थप भएको उत्पादनहरु क्रमस यार्सा गोल्ड, रेइशी गोल्ड र सोर्सुप हुन् । यस अघि नै बजारमा बिक्रीवितरण गर्दै गरेको यार्सा र रेइशीको नै अझ परिस्कृत अनि गुणस्तरीय स्वरुप यार्सा गोल्ड, रेइशी गोल्डको उत्पादन सुरु गरेको हो । क्यान्सर, माईग्रेन, छालाको समस्या, हड्डीको समस्या आदिमा बहु उपयोगी रहेको सोर्सुपलाई भने पहिले पटक उत्पादन थालनी गरेको बताउनुहुन्छ होलिस्टिकका सञ्चालक अध्यक्ष एल.बि. मुखिया सुनुवार । यसै कार्यक्रममा बोल्नुहुदै उहाले अझ थप उत्पादनहरु भविष्यमा बजारमा ल्याउने समेत उद्घोष गर्नु भयो ।