ग्यास्ट्राइटिस
हाम्रो पेटमा उत्पादन हुने हाईड्रोक्लोरिक एसिडले हामीले खाएको खानेकुरा पचाउन मद्दत गर्दछ । यदि यो एसिडको उत्पादन आवश्यकता भन्दा बढी भयो भने पेट भित्र सुन्निने अवस्था सुरु हुन्छ, जसलाई ग्यासट्राइटिस भनिन्छ । सामान्य त हो नि भनेर वेवास्ता गर्दा वा समयमा नै उपचार नगर्दा भविश्यमा अल्सर देखि क्यान्सरसम्म हुन सक्ने सम्भावना रहन्छ । झन् अहिलेको अव्यवस्थित जीवनशैली र विषादियुक्त एवं अहितकारी खानपानको कारणले ग्यासट्राइटिसको समस्या दिनानुदिन बढ्दै गएको छ । सामान्य रुपमा पेट पोल्नु, सुन्निनु एवम् ग्यासको कारण उत्पन्न हुने समस्या नै ग्यासट्राईटिस हो । स्वास्थ्य अवस्थाअनुसार, व्यक्तिमा यसको अवधि छोटो(तीव्र) वा लामो(क्रोनिक) दुवै रुपमा देखा पर्दछ ।
“चिकित्सा विज्ञहरुले गरेको सर्वेक्षण अनुसार, यस समस्याले महिला र पुरुष दुवै गरेर विश्वभर विकासोन्मुख देशका कुल ५०.८ प्रतिशत र विकसित देशका ३४.७ प्रतिशतलाई सताएको देखिन्छ ।”
ग्यासट्राइटिस एकबाट अर्को व्यक्तिमा सर्दैन तर, यस रोगको प्रमुख कारण ब्याक्टेरिया (एचपाइलोरी) भने एकबाट अर्कोमा सर्न सक्छ । तसर्थ हामीले केहि खानुअघि आफ्नो हातसँगै खानेकुरा पनि राम्ररी पखाल्ने बानी बसाल्नुपर्छ । हामीले पिउने अथवा अन्य उद्देश्यका लागि पानीको प्रयोग गर्नुअघि पानी शुद्धिकरण गर्नुपर्छ ।
ग्याइट्राइटिस हुने केहि कारण
ग्यास्ट्राइटिस तनावपूर्ण जीवन जीउनेहरूलाई, डर-चिन्ता, त्रास, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने समस्या हो । साथै,
- अम्लीय खानेकुराको अधिक सेवन
- मदिराको अत्याधिक सेवन
- फास्ट फुड, जंक फुड, तयारी खानेकुराको सेवन
- मैदाजन्य एवं प्याकेट, पुरीयाको खानेकुराको अधिक सेवन
- ब्याक्टेरियल संक्रमण ( एच.पाइलोरी वा अन्य)
- शरीरमा फ्याट बढाउने खानेकुराको प्रयोग
- पित्त सानो आन्द्रामा नभई पेटमा नै फर्किएको खण्डमा
- केहि विशेष औषधी वा एन्टी वायोटिकको सेवन
- कहिलेकाहीँ शरीरको प्रतिरक्षा प्रणालीले आवश्यक कार्य नगरेको अवस्था आदि ।
ग्याइट्राइटिसका उच्च जोखिम समूह
- ब्याक्टेरियाले गम्भीर वा कमजोर बनाउने व्यक्तिहरु
- पेटको अल्सर, प्रतिरक्षा प्रणालीका साथै बढ्दो उमेरका क्रममा व्यक्ति मोटो,दुब्लो अथवा कमजोर हुदैँ जानु
- अत्याधिक मद्यपान गर्ने व्यक्तिहरु
- शारीरिक तनावबाट ग्रसित समूह (जस्तैः संक्रमण तथा चोटपटक लागेका व्यक्तिहरु)
- इम्यून डिसअर्डर भएका समूहहरु आदि ।
ग्याइट्राइटिसमा देखिने केहि लक्षणहरु
- वाकवाकी लाग्नु/बान्ता हुनु/रगतको बान्ता हुनु
- अपच हुनु
- भोक नलाग्नु
- पेटको माथिल्लो भाग पोल्नु/दुख्नु
- कालो दिसा हुनु (अल्सर भएर रगत बगेपछि कालो दिसा जान्छ)
- खानापछि वा खादाँखादैँ पेट भरिएको वा टन्न भएको महशुस हुनु
- शरीरको तौल स्वतः घट्दै जानु आदि ।
ग्याइट्राइटिसबाट जोगीने केहि उपाय
ग्यास्ट्राइटिस तनावपूर्ण जीवन जीउनेहरूलाई डर चिन्ता, त्रास, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने समस्या हो । तसर्थ, यि सम्पुर्ण बिकार बस्तुहरूको ब्यवस्थापन नै ग्यास्ट्राइटिस निवारणको बाटो हो ।
खानपानमा परिवर्तन
- अम्लीय खानेकुराको सेवन कम गर्नुपर्छ । (हामीले खाने खानामा अम्लिय २०% र क्षारिय ८०% हुनुपर्छ)
- फास्ट फुड, जंक फुड, मैदाजन्य खानेकुराको सेवन कम गर्नुपर्छ ।
- बिहान पानी धेरै पिउनुपर्छ ।
प्राकृतिक चिकित्सा पद्दती
- सातामा एकपटक सम्पूर्ण शरीरको तेल मालिस, बाष्प स्नान, साउना गर्ने बानि बसाल्नुपर्छ
- योगाभ्यास,
- जलनेती (नाकको सफाइ), कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ)
- पेटको मालिस, माटोको पट्टी, अकुपन्चर तथा अकुप्रेशर आदि
फुड सप्लिमेन्टको प्रयोग
ग्याइट्राइटिसबाट जोगीन होलिस्टिक हर्ब्सको केहि सप्लिमेन्ट एवं पेयको प्रयोग अति उपयोगी छ । जस मध्ये केहि :
- हर्ब्स बार्ली
- हर्ब्स एलोभेरा
- हर्ब्स गानोदर्मा
- हर्ब्स ओमेगा
- हर्ब्स कफि आदि हुन्
साथै हाम्रो उत्पादनको हर्ब्स पेस्ट हल्का मन तातो पानीमा घोलेर सेवन गर्दा समेत राहत प्रदान गर्दछ । यदि क्रोनिक ग्यास्ट्रिक/ग्याइट्राइटिस हो भने उचित सल्लाह र सुझाबको आवश्यकता पर्दछ, जसका लागि होलिस्टिक हर्ब्सको मुख्य कार्यालय वा शाखा कार्यालयमा सम्पर्क गर्न सक्नु हुन्छ ।