मधुमेह कारण र समाधान

द्रुत गतिमा बढदै गरेको शहरीकरण, खानपान र रहन-सहनमा आएको परिवर्तन तथा फास्ट फुड, जंक फुडको प्रयोग जस्ता कारण मधुमेह आजभोलि चाँडै बढदै छ । खाना खाएपछि हाम्रो शरीरले कार्बोहाइड्रेडलाई टुक्राएर ग्लुकोज बनाउँछ र प्यानक्राइसीस भनिने एउटा ग्रन्थिले इन्सुलिन हर्मोन उत्पादन गर्छ जसले हाम्रो शरीरलाई त्यो ग्लुकोजलाई सोसेर पोषण बनाउछ तर इन्सुलिनले राम्ररी काम नगरे वा त्यसको उत्पादन नभए रगतमा चिनी जम्मा हुन थाल्छ । त्यस्तो अवस्थालाई चिकित्सकीय भाषामा मधुमेह अर्थात् डाइबीटीज भनिन्छ । रगतमा चिनीको मात्रा बढी हुने भएकाले यसलाई ’सुगर’ वा ’चिनी रोग’ पनि भन्ने गरिएको छ ।

 मधुमेहको समस्या विश्वभरि निरन्तर बढिरहेको छ । विश्वभरि अनुमानित ४२ करोड मानिस मधुमेहबाट पीडित छन् । अहिलेको सङ्ख्या ४० वर्षअघिको भन्दा चारगुना बढी भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।”

 मधुमेह कैयौँ प्रकारका छन् । जसमध्ये ‘टाइप वान’ र ‘टाइप टु’ एक हुन् । ‘टाइप वान’ मधुमेह हुँदा शरिरमा इन्सुलिन नै बन्दैन भने ‘टाइप टु’ मधुमेह माटोपन, खानपिन राम्रो भएन, इन्सुलिन छ तर कम मात्रामा उत्पादन भयो अथवा इन्सुलिन उत्पादन हुँदा पनि शरीरले प्रयोग गर्न सकेन भने हुन्छ । शरीरले रगतमा भएको सबै चिनी (ग्लुकोज) प्रशोधन गर्न नसक्दा मानिसमा हृदयाघात, मस्तिष्काघात र अन्धोपन हुन सक्छ अनि मिर्गौलाले काम गर्न छाड्ने अवस्था पनि निम्तिन सक्छ । मधुमेहले यो रोग लागेको ५-१० वर्ष पछाडि यस्ता समस्याहरु ल्याउन सक्छ भने टाइप टु मधुमेहले भने सुरुमा पनि यस्ता समस्याहरु ल्याउन सक्छ ।

मधुमेहका कारणहरू

  •         उच्च रक्तचाप
  •         उच्च कोलेस्ट्रोल
  •         धुम्रपान
  •         वंशानुगत (घरमा बुबा र आमालाई मधुमेह भएको छ भने छोराछोरीमा पनि हुने उच्च जोखिम हुन्छ । )
  •         आवश्यक भन्दा बढि तौल
  •         व्यायामको कमि
  •         गर्भावस्थाको समयमा हुने विभिन्न हर्मोनल परिवर्तनको कारणले इन्सुलिनले राम्रोसँग काम नगर्नु

मधुमेहका लक्षण तथा असरहरू

  1.     मुख र घाँटीभित्र बारम्बार घाउ भइरहने
  2.     धमिलो देखिने
  3.     वजनमा कमी हुनु/अनावश्यक तौल घट्नु
  4.     धेरै भोक, तिर्खा, थकाइ र पिसाब लाग्नु
  5.     पटक-पटक सङ्क्रमण हुनु वा घाउ ढिलो निको हुनु
  6.     हात खुट्टा झमझमाउनु,सुन्ने लाग्नु वा पोल्ने गर्नु
  7.     विर्सने, छिट्टै रिस उठ्ने हुनु
  8.     यौन शक्तिमा कमि आउनु

मधुमेहका बिरामीले अपनाउनुपर्ने सावधानीहरू

  •         नियमित रूपमा रक्त ग्लुकोज, रगतमा बोसो र रक्तचापको जाँच गर्नु
  •         निर्देशानुसार भोजन र व्यायामले सन्तुलित वजन राख्नु
  •         धेरै बेरसम्म भोको बस्नु हुँदैन
  •         अनावश्यक औषधीहरूको उपयोग नगर्नु

मधुमेहबाट जोगीने केहि उपाय :

उपयुक्त भोजन र व्यायाम साथै जीवनशैली परिवर्तन गर्दा धेरैमा यो जोखिम नियन्त्रण गर्न सकिन्छ । मात्र रगतमा ग्लुकोजको मात्रा कम गर्नु मात्रै मधुमेहको पूर्ण उपचार होइन । उपयुक्त भोजन र व्यायाम अत्यन्त आवश्यक हुन्छ । जीवनशैली परिवर्तन गर्दा धेरैमा यो जोखिम नियन्त्रण गर्न सकिन्छ

जीवनशैली तथा खानपानमा परिवर्तन

  •         फास्ट फुड, जंक फुड, मैदाजन्य खानेकुराको सेवन कम गर्नुपर्छ ।
  •         बिहान पानी धेरै पिउनु पर्छ ।
  •         धुम्रपान, मद्यपान त्याग्नु पर्छ ।
  •         दैनिक व्यायाम गर्नेु पर्छ ।

प्राकृतिक चिकित्सा पद्दती

  •         तेल मालिस, बाष्पस्नान, साउना गर्ने बानि बसाल्नुपर्छ
  •         योगाभ्यास,
  •         GH प्याक,
  •         पेटको मालिस, अकुपन्चर आदि

फुड सप्लिमेन्टको प्रयोग

सेतो चामल र मैदाजन्य खाद्य नखाने बानिले मधुमेह कम गर्न सकिन्छ भने मधुमेहबाट जोगीन होलिस्टिक हर्ब्सको केहि सप्लिमेन्ट एवं पेयको प्रयोग अति उपयोगी छ । होलिस्टिक हर्ब्सको फुड सप्लिमेन्ट सेवन गरेको केहि महिनासम्म घटबढ देखाउन सक्छ तर लगातार ४ महिना सेवन गरिसके पछि एउटा लेवलमा आउदछ । पूर्ण रुपमा नियन्त्रण भएर एलोपेथी छाड्न भने एक वर्ष लाग्छ भने लगातार ३६ महिनासम्म सप्लिमेन्ट सेवन गर्दा पूर्ण रुपमा समाधान हुन्छ । सेवन गर्नुपर्ने केहि सप्लिमेन्ट एवं पेयः

  • हर्ब्स बिटर मेलोन
  • हर्ब्स रेड रेईशी
  • हर्ब्स गानोदर्मा
  • हर्ब्स मोरिङ्गा
  • हर्ब्स ग्रीन टि/क्यामृत टि
Leave your comment