News

Thursday, January 28, 2021

सबै किसिमको छालालाई उपयुक्त नुहाउने साबुन एलोदार्मा

झापा । बजारमा छेस्छेस्ती पाइने कतिपय नुहाउने साबुनले शरीर सफा गर्नसँगसँगै शरीरकै चमक समेत पखालेर समस्या उत्पन्न गरेको उपभोक्ताहरुको गुनासो आइरहेको बेला होलिस्टिक हर्ब्सले एलोदार्मा औषधियुक्त प्राकृतिक नुहाउने साबुन आजबाट बजारमा ल्याएको छ । पुर्वाञ्चल स्पा तथा नेचुरल फुड सप्लिमेन्ट सप्लायर्स दमक झापामा एलोदार्मा प्राकृतिक नुहाउनेको विक्री शुभारम्भ गर्दै होलिस्टिक हर्ब्सका अध्यक्ष तथा कार्यकारी मुख्य अधिकृत एल बि मुखियाले भन्नुभयो, शरीरको फोहरमैला पखाल्ने माात्रै हो भनेर साबुनको प्रयोग ग¥यौं भने फोहरमैला पखाल्ने मात्रै होइन सँगसँगै शरीरलाई चाहिने पोषणतत्वलाई समेत पखालेर काम नलाग्ने सुख्खा बनाइदिन्छ र दीर्घकालमा गम्भिर रोगको भागीदार बन्नु पर्दछ । यसैले हामीले हाम्रा उपभोक्ताको सु–स्वास्थ रहन पाउने अधिकारको सम्मान गर्दै स्वास्थ्यको लागि उपयोगी र गुणस्तरीय नुहाउने साबुन एलोदार्मा लिएर आएको छौं । एलोभेरा, गानोदार्मा, रुद्रक्ष, ग्रीन टि समिश्रीत एलोदार्मा सबै किसिमको छालाको लागि उपयुक्त छ ।

होलिस्टिक हर्ब्सका हर्ब्स साबुन, हर्ब्स टुथपेस्ट, हर्ब्स मसाज ओयल जस्ता पर्सनल क्यायर सम्बन्धि उत्पादनहरु बजारमा उपलब्ध छन् ।

Leave your comment